
काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भएका पासवाल दलित आन्दोलनका अगुवाका रूपमा समेत चिनिन्थे ।एजेन्सी







