
उल्सान, दक्षिण कोरियाको टावर ब्लकमा आगलागी भएको छ । दक्षिण कोरियाली सहर उल्सानस्थित (स्टोरी) ३३ मंजिल्ला टावरको ब्लकमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्निशमनकर्मीहरूले निरन्तर संघर्ष गरिरहेको दक्षिण कोरियाको स्थानिय मिडियाले जनाएको छ ।
सयौं मानिसहरूलाई टावरबाट बाहिर निकालिएको छ भने ८० ब्यक्तिलाई उपचारका लागि स्मोक हस्पिटल पठाइएको छ ।
बिहीवार दिउँसो स्थानिय समय २ बजेतिर उच्च बतासबाट फैलिएको सो आगो शुक्रबार बिहानसम्म पुर्ण रुपमा नियन्त्रण नभएको बताइएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार तीव्र हावाले आगो नियन्त्रण गर्न गाह्रो बनाएको थियो । सम्भवन आर्ट नौव्वा वाणिज्यिक र आवासीय भवनको ८ औं र १२ औं फ्लोरको बीचमा आगो लागेको थियो, जसमा करिब १२० घरपरिवार र शपिंग एकाइहरू छन् ।एजेन्सी







