
बुटवल, बुटवलमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको आज बुधवार बिहान मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताए ।






