
काठमाडौं, मुम्बई इन्डियन्सले आफ्नो लगातार विजय यात्रालाई अगाडि बढाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा पुगेको छ । मंगलबार मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्यो ।
टस जितेको मुम्बईले अबुधावीस्थित शेख जायेद रंगशालामा ४ विकेट गुमाई १ सय ९३ रन बनायो । जवाफमा आएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमै अलआउट भयो । इंग्लिस विकेटकिपर जोस बटलरले ४४ बलमा ७० रन बनाए पनि राजस्थानलाई विजय दिलाउन सकेनन् ।






