
काठमाडौं, नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलवार साताकै धेरै अथवा सुनको मूल्य प्रतितोला रू.८०० ले बढेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला रू.९४ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९४ हजार ४०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा रू.२० ले वृद्धि भएर प्रतितोला रू.१ हजार २०० मा कारोबार भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो ।







