
सिंगापुर, कोभिड-१९ महामारीले नराम्रो असर गरेपछि सिंगापुरको चांगी एयरपोर्टले “डरलाग्दो अवधि” को चेतावनी दिएको छ ।
‘विश्वको सर्वश्रेष्ठ एयरपोर्ट’ द वर्ल्ड्स बेस्ट एयरपोर्टले लामो संकटको चेतावनी दिएको छ । एसियन ट्रान्जिट हबले लगातार आठौं बर्षको लागि विश्वको सर्वश्रेष्ठ एयरपोर्टमा मतदान गरेको छ ।
चांगी एयरपोर्टले दुई टर्मिनलमा संचालन स्थगित गरेको छ । उडानहरू यसको इतिहासको सब भन्दा तल्लो तहमा झरेको भन्दै संचालन स्थगित हो । यसले कम्तिमा दुई बर्षको लागि पाँचौं टर्मिनलको निर्माण स्थगित गरेको छ ।
“कोभिड-१९ सँगको युद्ध भर्खरै सुरु भएको छ,”चांगी एयरपोर्ट ग्रुपले आफ्नो वार्षिक रिपोर्टमा भने, “भविष्यमा गिरावटको कुनै संकेत नदेखी अवस्था डरलाग्दो देखिन्छ ।”
कम्पनीको वार्षिक परिणाम मार्च २०२० को अन्त्यसम्म समेटेको छ । जनवरीमा महामारीको शिकार भएदेखि यात्रुहरूमा एकदमै ठूलो समस्या आएको हो । सिंगापुरले २-मार्चमा छोटो अवधिका आगन्तुकहरूको प्रवेश र ट्रान्जिटमा रोक लगायो । यसरी लगाएको रोकले ती महिनाहरुमा कम्पनीको लाभमा ठूलो प्रवाभ पर्यो ।एजेन्सी







