
काठमाडौं, जारी इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । यूएईमा हिजो राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट लिए ।एजेन्सी






