
काठमाडौं, ईण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीले जित हात पारेको छ । शनिबार भएको आईपीएल खेलमा दिल्ली क्यापिटलले कोलकाता नाइट राइडर्सलाई १८ रनको अन्तरले हराएको छ ।
दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याएको कलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २१० रन बनायो । कलकत्ताका लागि नितिश रानाले ५८ तथा इयोन मोर्गनले ४४ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३६ रन बनाए । दिल्लीका एनरिच नोर्तजेले ३ तथा हर्सल पटेलले २ विकेट लिए ।







