
विराटनगर, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्धाको शनिबार बिहान मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया वृद्धको बिहान २ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज ११ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो।






