
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य लगातार घटबढ भइरहेको छ । यसै क्रममा आज बिहिवार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।







