
धादिङ, आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पटक पटक छोरीलाई बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका एक ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताएका छन् ।
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । आरोपितले आफूलाई ५ वर्षको उमेरदेखि जबरजस्ती करणी गर्दै आएकोले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँतर्फ जानलाग्दा पीडित बालिकाको उद्धार गरेको थियो ।
प्रहरीको सहयोगमा उद्दार गरेकी उनको जिल्लामा संचालित सुरक्षित आवास गृहमा राखिएको छ । बालिकाको स्वास्थ्य परिक्षणमा घटना पटक पटक भएको देखिएको प्रहरीले जनाएको छ ।






