
काठमाडौँ, धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ । कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु २१ खर्ब बराबरको भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३.७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ । यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उतपादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ले ओरालो लागेको छ ।







