
यूएई – कोभिड-१९ का कारण यूएईमा अलपत्र परेका नेपालीहरुको उद्दारको लागि गठित कोभिड-१९ सुचना संकलन् तथा राहत ब्यवस्थापन समितिले २९ मे सम्म ३८ हजार दिर्हाम (१२ लाख रुपैयाँ) बराबरको खाद्यन्न राहत बितरण गरेको छ । यूएईमा कृयाशील नेपाली समाज यूएई, बिभिन्न राजनैतीक दल निकट भातृ संगठन, नेपाल आदिबासी जनजाती महासंघ, नेपालीसमाजमा आबद्द जिल्लागत संस्था सहित अन्य बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा बनाईएको समिति मार्फत राहत बितरण गरेका हुन् ।
कोभिड-१९ का कारण रोजगारी गुमाएका, भिजिट भिसामा आएर अलपत्र परेका र लामो समय सम्म तलब नपाएर खाद्यन्न समस्यामा परेका २ हजार ९ सय ४५ जनालाई उक्त राहत बितरण गरिएको समितिका सदस्य सचिब( नेपाली समाज युएईका महासचिव)बेद प्रसाद अर्यालले बताएका छन् । यस बाहेक पनि कोभिड-१९ सुचना संङ्कलन अबुधाबी क्षेत्र संयोजक कृष्ण गौतम र गायक प्रकाश पौडेल लगायतको सकृयतामा सो क्षेत्रमा अलपत्र परेकाधेरै नेपालीहरुलाई राहत बितरण गरिएको सदस्य सचिब अर्यालले जानकारी दिएका छन् । समस्यामा परेका नेपालीहरुलाई खाद्यन्न सहयोग गर्न यूएईमा रहेका हरेक जिल्लागत समाजहरुले कम्तीमा ५ सय दिर्हाम देखि अन्यसंघसंस्थाहरुले ५ हजार दिर्हाम सम्म संकलन् गरेका छन् । त्यसैगरी नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण प्रसाद ढकाल, निबर्तमान अध्यक्ष चन्द्र प्रसादसापकोटा, समाजसेवी मोहन शर्मा, यूएई विश्वबिद्यालयका सहप्राध्यपक शशीधर बेलबासे, शारदा भट्टराई, डा. बिनोद गुरुङ लगायतकाधेरै नेपालीहरुले स्वस्फुर्त ब्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
यूएईका बिभिन्न राज्यहरुमा हाम्रो संयुक्त समितिले राहत बितरण गरेको नेपाली समाजका अध्यक्ष गोबिन्द ढकालले बताए । गर्भवती महिला, बिरामीर अलपत्र परेका नेपालीहरुलाई प्रथमिकतामा राखी तुरुन्त उद्दार गरेर नेपाल लगिनु पर्ने समितिका प्रबक्ता श्याम पाठकले बताए । ‘हामीजानैपर्ने गर्भवती, भिजिट भिसामा आएका र अलपत्र श्रमिक मजदुरहरुलाई प्राथमिकता अनुसार नेपाल पठाउनु पर्छ भन्नेमा स्पस्ट छौं, यसै बीच नेपाली दुताबासले अबुधाबीले समेत खाद्यन्न राहत उपलब्ध गराएको छ । ११ केजीका १ हजार प्याकेट राहत खाद्यन्न यूएईमा कृयाशिल संघसंस्था तथा ब्यक्तिहरु मार्फत पीडित नेपालीहरुलाई बितरण गरिएको छ ।








