
घोराही, कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । दाङका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा उक्त राजश्व सङ्कलन भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले रु तीन अर्ब १६ करोड राजश्व सङ्कलन गरेका छन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले रु दुई अर्ब १० करोड राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
ती मध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरुले रु दुई अर्ब ५४ करोड बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रु ६२ करोड १६ लाख राजश्व सङ्कलन गरेका छन् ।







