
नेपाली क्रीकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हासिल गरेको छ । युएईमा जारी आइपिएलमा गएरातीको खेलमा हासिल गरेको छ दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिङ्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । १७६ रनको विजय लक्ष्यसहित धोनीको क्याप्टनशीपमा मैदानमा उत्रिएको चेन्नाइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनायो ।






