
काठमाडौं, नेपाली बजारमा लगातार घटिरहेको सुनको मुल्य शुक्रबार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार शुक्रबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो ।







