
काठमाडौं, नेपाली बजारमा यो साता सुनको मुल्य घटिरहेको छ । यसै क्रममा बिहिवार पनि सुनको मुल्यमा १२०० रुपैयाँँले घटेको छ । आज छापावाला सुन तोलाको ९३ हजार १०० रुपैयाँ छ भने तेजाबी सुन तोलाको ९२ हजार ६०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मुल्य पनि घटेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।







